२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

कैलालीमा ढिस्कोमा पुरिएर तीनको मृत्यु, २ घाइते



कैलाली : कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकामा शनिवार बिहान माटोको ढिस्कोले पुरिएर वडा नम्बर ९ को पूर्वखैरीफाँटाका ३ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर पोत्नका लागि माटो लिन गएका २० वर्षीय भावना वड, १७ वर्षीय धनसरी विक र ३१ वर्षीय गंगा जयगडीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएको उनले बताए । घाइते दुवैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार
ताजा समाचार