२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

चित्तलको छालासहित बझाङमा एकजना पक्राउ



बझाङ : बझाङको बुङ्गलबाट चित्तलको छालासहित १ जना पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका–८ बाट चित्तलको छालासहित स्थानीय रघुवीर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहरामाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०७७ फागुन ९ गते आइतबार
ताजा समाचार