२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

भेरी नदीमा बस खस्दा एकको मृत्यु, एक बेपत्ता



सुर्खेत : छिन्चु–जाजरकोट खण्डको गरालेस्थित गौडाबाट भेरी नदि बस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन भने एक वेपत्ता भएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गराले बजार नजिकै गौडामा बिहीबार दिउँसो ३ बजे बस दुर्घटनामा परेको हो ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरेर उपचारका लागि मेहलकुना अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०७७ पुस २३ गते बिहीबार
ताजा समाचार