२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पदोन्नति भएका कर्णेलद्वारा साथीकी श्रीमतीमाथि बलात्कार



काठमाण्डौ : भारतीय सेनाका एक कर्णेलले पदोन्नति भएपछि पार्टी आयोजना गर्दै आफ्नै साथीकी पत्नीलाई बलात्कार गरेका छन् ।

श्रीमतीसहित पार्टीमा आएका साथीलाई निजले नशालु औषधि खुवाई बेहोस पारेका थिए । त्यसपछि साथीकी पत्नीमाथि बलात्कार गरेका थिए । पीडित महिला रसियन रहेकी खुलेको छ ।

आफूमाथि बलात्कार गर्न खोजेपछि ती महिलाले विरोध गर्दा कर्णेलले कुटपिटसमेत गरेका छन् । यो घटना आइतबार उत्तर प्रदेशको कानपुरमा भएको हो ।

पीडित महिलासहित उनका पति र एक स्थानीयले सेनाका ती कर्णेलविरुद्ध स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सेनाले ती सैनिक अधिकारीलाई हिरासतमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर ३० गते मंगलबार
ताजा समाचार