२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

ट्रयाक्टरले ठक्कर दिँदा एकको मृत्यु



नेपालगञ्ज : बाँकेमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीवार बेलुकी कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा चोकस्थित राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे.१ त.५८७५ नम्बरको ट्याक्टले विपरित दिशाबाट जाँदै गरेको भे.४ प. ६३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोटरसाइकल चालक बाँकेको बैजनाथ २ का २५ बर्षीय नरेश थारुको उपचारका नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले ट्रयाक्टर र चालक कोहलपुर ११ का २९ बर्षीय संजिवकुमार थारुलाई नियन्त्रणमा लिएको छ ।a

प्रकाशित मिति : २०७७ कात्तिक २१ गते शुक्रबार
ताजा समाचार