२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँके प्रहरीको पर्व विषेश सुरक्षा योजना सार्वजनिक




नेपालगञ्ज  : जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व विषेश सुरक्षा योजना सार्वजनिक गरेको छ । नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र घट्न सक्ने चोरी, डकैती जस्ता अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको हो ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले १४ बुँदे पर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन । उनले सार्वजनिक गरेका योजनाहरुमा पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने गरी योजना बनाएको प्रहरी उपरीक्षक रानाले जानकारी गराए ।

सुरक्षा योजना अन्तर्गत पिकेट ३३ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली (सादा पोशाक) २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, काउन्टर पार्ट्स सिमानाकाका १२ स्थानमा, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा र कमान्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गर्ने गरी ६ सय ५० प्रहरी परिचालन गरिने गरी तयारी अघि बढाएको प्रहरी उपरीक्षक रानाले जानकारी दिदै भने–‘हाम्रो उद्देश्य पर्वको बेलामा कुनै पनि अपराध जन्य गतिविधि नहोस भन्ने हो । हामीले संभावित क्षेत्रको पहिचान गरी उच्च निगरानी राख्ने छौ ।’

चाडबाडको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि बाँके प्रहरीले जिल्ला भित्र विशेष सुरक्षा योजना ल्याएको बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमबार
ताजा समाचार