२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

ठूलो परिमाणको अटो पार्ट्स बरामद



नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा अटो पार्टसका सामान बरामद गरेको छ । भे १ ह ३७५१ नं. को अटो रिक्सामा राखेर नेपाल भित्र्याउँदै गरेको ५ लाखभन्दा बढी मूल्यको अटो पार्टस प्रहरीले बरामद गरेको हो ।

सामानसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज विष्णु गिरीको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज १५ बाट उक्त सामान बरामद गरेको हो ।

अटो पार्टसको सामानसहित अटो चालक शमिम शेष, मोहम्मद रफिक र मोहम्मद फरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कात्तिक ७ गते शुक्रबार
ताजा समाचार