२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

२० ग्राम ब्राउन सुगरसहित दुई परे प्रहरीको फन्दामा



 

नेपालगञ्ज : बाँके प्रहरीले सोमबार दिउसो साढे ३ बजेको समयमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले नेपालगञ्ज– १३ किसान ईट्टाभट्टा स्थित जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण व्युरो नेपालगञ्ज बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही वडाकै परसनपुरवा बस्ने वर्ष २२ को ओम प्रकाश सिंह र भारत जिल्ला बहराईच थाना रुपैडिया गाउँ केवलपुर बस्ने वर्ष २५ को अजय कौलिकलाई नियनत्रणमा लिएको हो ।

उनीहरुका साथबाट प्रहरीले प्लाष्टिकको २० वटा पुडिया बनाई राखेको २० ग्राम लागू औषध (ब्राउन सुगर) पदार्थ सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ भदौ ८ गते सोमबार
ताजा समाचार