सदरलाइनडटकम,
काठमाण्डौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रवार विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोका कारण ३८ जना बेपत्ता भएको, र ३७ घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । उनका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौ पठाइएको छ ।
चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको छ । घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्लाका उच्च अधिकारीहरु पुगेका छन् ।
