सदरलाइनडटकम,
नेपालगञ्ज : भन्सार छली भारतबाट अवैधरुपमा भित्र्याइएको कपडा बाँके प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा गाउँबाट अवैध कपडा बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरी टोलीले शुक्रवार राती करीव १ः३० बजे अवैध कपडा बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताए । उनले पाँच सय थान कुर्ता, एक सय थान टी–शर्ट र दुई सय थान कुर्ता–सुरुवाल बरामद भएको बताए ।
प्रहरीलाई देखेपछि ओसारपसारमा संलग्न ब्यक्ति फरार भएको बताउँदै उनले बरामद भएको कपडा नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।
