सदरलाइनडटकम,
प्युठान : टिप्पर दुर्घटना हुँदा प्युठानमा दुई जनाको मृत्यु भएको छ । ना ७ ख ८९३८ नम्वरको टिप्पर सरुमारानी गाउँपालिका ६ मोतिपुरमा शनिवार दुर्घटना हुँदा नौबहिनी गाउँपालिका ६ का टिप्पर चालक ३० वर्षका रोशन थापा र सोही ठाउँका ३५ बर्षीय सहचालक झगबहादुर पुनको मृत्यु भएको हो ।
नौबहिनीको लुप्लुङबाट चुनढुंगा बोकेर दाङको कालाकाटे जाँदै गरेको टिप्पर विहान सडकबाट करीव पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
