सदरलाइनडटकम,
नेपालगञ्ज : एम्बुलेन्सको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज–कोहलपुर सडकखण्डअन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर ९ कौशल्या मेमोरियल अस्पताल नजिकै शुक्रवार राति भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोटका सागर चनाराको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
सडकमा पैदल हिँडिरहेका बेला एम्बुलेन्सको ठक्करबाट घाइते भएका चनाराको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
