२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

नरैनापुरमा बन अतिक्रमण गरी बनाईएका १३ घरटहरा भत्काईयो ६ जना माथि मुद्दा



सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेको नरैनापुरमा राष्ट्रिय बन क्षेत्रमा अतिक्रमण गरी अबैध घरटहरा निर्माण गर्ने ६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया सुरु गरीएको छ ।

डिभिजन बन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले दिएको जानकारी अनुसार आईतबार बाँकेको नरैनापुर–१ झरुवा नाकाको राष्ट्रिय बनमा अतिक्रमण गरी १३ वटा घरटहरा निर्माण गरेका गंगाप्रसाद पासीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

डिभिजन बन कार्यालय प्रमुख श्रेष्ठले सो कार्यका लागि बनकार्यालयबाट खटेका ९ जना, ईलाका प्रहरी कार्यालय भोजभगवानपुर र नरैनापुरमा खटेको बोेर्डर सुरक्षाको सशस्त्र प्रहरीको संयुक्त २० जनाको टोलीले १३ वटा घरटहरा नष्ट गरेको बताए ।

उनले सो टोलीले २० बिगाह अतिक्रमित जमिनबाट उनीहरुलाई उठाएको बताए । नियन्त्रणमा परेका उनीहरु राप्तीसोनारी र नरैनापुरका स्थानीय भएको जानकारी प्राप्त भएको छ । उनले यसअघि बन कार्यालयको संयुक्त टोलीले राप्ती सोनारी–६ को २ वटा सामुदायिक बन अतिक्रमण गर्ने ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको जानकारी दिए ।

दुईवटा सामुदायिक बनमा करिव ३० हेक्टर जमिन अतिक्रमण गरिएको अवस्थामा त्यहा निर्माण गरिएको घरटहरा भत्काई असार महिना भरी बृक्षारोपण गर्ने योजना तय भएको डिभिजन बन कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार
ताजा समाचार