सदरलाइनडटकम,
कपिलवस्तु : जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट सोमवार पक्राउ परेका हुन् ।
आइतवार राति करीब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
अभियुक्तको स्युराज अस्पताल बहादुरगञ्जमा शारीरिक परीक्षण गरेर मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
