२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका माथि अनुसन्धान शुरु



सदरलाइनडटकम,
कैलाली : कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
धनगढीकी १७ वर्षीया किशोरीलाई कैलालीको गौरीगंगा नगरपालिका १ को खुरखुरीयामा सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार जनालाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
गत वैशाख २ गते आफन्तको घरबाट फर्किँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा गौरीगङ्गा नगरपालिका ४ का नरेश नेपाली, अर्जुन सावद, निर्मल चौधरी र नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७७ वैशाख ४ गते बिहीबार
ताजा समाचार