सदरलाइनडटकम,
काठमाण्डौ : भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
धार्मिक गतिविधि आदानप्रदानका लागि तब्लीगी जमाती समूहसँग भारत गएका उनी सोमवार अस्पतालबाट भागेका थिए । सुनसरीस्थित भोक्राहाका निवासी ती नेपालीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएपछि शुक्रवार उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो ।
तर सोमवार राति नै अस्पतालबाट झ्यालको सिसा फुटाएर उनी भागेपछि बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो । १० वटा टोली परिचालन गरेर उनलाई नियन्त्रणमा लिइएको बागपत प्रहरीका सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले जानकारी दिएको बीबीसीले जनाएको छ ।


