२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

प्रहरी जवानको सडक दुर्घटनामा मृत्यु



सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाईनमा डियूटी सकेर घर जाने क्रममा शनिबार बिहान एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

 दशगजाको क्वारेन्टाईनमा रहेको डुयुटी सकरे घर जानेक्रममा शनिबार बिहान प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै रोड डिभाईडरमा ठोक्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक हृदयन्द्र सापकोटाले शनिबार बिहान २ : ५५ बजेको समयमा डिभाईडरमा ठोक्किएर प्रहरी जवान सार्कीको मृत्यु भएको जानकारी दिए । उनले घटनाको अनुसंन्धान भईरहेको बताए ।

प्रकाशित मिति : २०७७ वैशाख १३ गते शनिबार
ताजा समाचार