२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

अवैध भरुवा बन्दुकसहित महिला पक्राउ



?

सदरलाइनडटकम,
कैलाली : कैलाली प्रहरीले भरुवा बन्दुकसहित एक महिलालाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुकसहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घरमा अवैध बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक अनिस भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए । गिरीका श्रीमान् चन्द्रराज भने भाग्न सफल भएका छन् ।

प्रकाशित मिति : २०७७ वैशाख ८ गते सोमबार
ताजा समाचार