२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

निवर्तमान सञ्चारमन्त्री बास्कोटाको घर नजिकै विष्फोट



सदरलाइनडटकम,
काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घर नजिकै बम विष्फोट भएको छ ।

भक्तपुरको बालकोटस्थित बास्कोटाको घर नजिकै खुला स्थानमा बुधबार बिहान विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बुधबार बिहान ७ : ४५ बजे बम विष्फोट भएका थियो ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।

घटनास्थलमा प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेर अनुसंधान सुरु गरेको छ ।

विष्फोटबाट घरको पर्खाल, तथा झ्यालका सिसा फुटेका छन् ।

प्रकाशित मिति : २०७६ फागुन २८ गते बुधबार
ताजा समाचार