२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोहलपुरको पिपिरीमा आगलागी



सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिका वडानं. ८ पिपिरीमा आगलागी भएको छ । स्थानीय मानबहादुर पाण्डेको दुई तले घरमा आगोलागी हुँदा पशुपति लम्सालको फेन्सी पसलमा समेत नोक्सानी भएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार शनिबार साँझ करिव सवा ७ बजे लागेको आगलागीबाट शुभकामना फेन्सी हाउसमा क्षती पुगेको छ ।

आगलागीबाट एक जना गम्भीर घाइते भएको खुल्न आएको छ । घाइतेलाई उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुर्याइएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

स्थानीय प्रहरी नेपालगञ्जबाट गएको दमकल र स्थानीयको पहलमा आगो करिव २० मिनेटमै नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरीक्षक चन्दले बताए । उनले क्षतिको विबरण आउन भने बाँकी रहेको बताए ।

प्रकाशित मिति : २०७६ चैत ८ गते शनिबार
ताजा समाचार