२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

करेन्ट लागेर विद्यार्थीको मृत्यु



सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको ब्रिटिस ईग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालयमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको अवस्थामा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लिक  भएर  घटना घटेको प्रारम्भिक जानकारी आएको छ ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज–१९ कारकादो बाईपासमा रहेको सो विद्यालयमा बिहान ११ बजेर ४० मिनेटको समयमा करेन्ट लागेर उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा पुराए लगत्तै १२ बजेर ६ मिनेटमा १४ वर्षिय भरत कँडेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीले घटनाको विषयमा अनुसंन्धान सुरु गरेको जानकारी दिए । उनले शवको पोस्टमार्टम शनिबार मात्र हुने भएको कारण थप जानकारी आउन सक्ने बताए ।

मृतकका आफन्तले भने विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । यसैबीच विद्यालय प्रशासनसंग सो घटनाको विषयमा जानकारी लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २०७६ फागुन ३० गते शुक्रबार
ताजा समाचार