२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

तीनदिन अघिदेखि बेपत्ता स्कुले बालकको शव भेटियो



सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके)  : बाँकेको राप्ती सोनारी गाँउपालीका वडा नं. ५ चिलहिरीया विनौनाका ८ बर्षिय स्कुले बालकको शब फेला परेको छ ।

गत चैत ५ गते विद्यालयको पोसाकमै साईकल सहति हराएका अरबिन चौधरीको शव मृतअवस्थामा घर नजिकैको नालाको डिलमा फेलापरेको स्थानीय सञ्चारकर्मी समेत रहेका हेमन्त चौधरीले जानकारी दिए ।

मृतक अरबिनको कम्मरभन्दा माथिको कपडा नभएको, कानबाट रगत बगेको र घाँटीमा नीलडाम भएको अवस्थामा शुक्रबार विहान १०ः१५ बजे शब फेला परेको जनाईएको छ ।

तीन दिन अघि हराएका उनको खोजि कार्य भैरहेको थियो । मृतक भेटिएका बालक नवज्योती बोर्डिङ स्कुल चिलहिरीयामा अध्यन गरिरहेका थिए भने उनी घरको एक्लो सन्तान थिए ।

घटनाको अनुसन्धानका लागि अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले बताए ।

प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार
ताजा समाचार