२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

करेन्ट लागेर थारुको मृत्यु



सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडानं. २ बर्दहवाका सोमलाल थारुको करेन्ट लागेर निधन भएको छ । उनी सर्वसाधारण रहेका जानकारी प्राप्त भएको छ ।

कोहलपुर कौसिलानगर स्थित नेपाली सेनाको व्यारेकमा समरसेवल पप्प जडान गर्ने क्रममा करेन्ट उनको मृत्यु भएको हो ।

५० बर्षिया सोमलालको पप्प जडान गर्ने क्रममा करेन्ट लागेपछि उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिए ।

बुधबार दिउँसो साढे २ बजे सो घटना भएको हो । उनले प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाईरहेको जानकारी दिंदै शब पोष्टमार्टमका लागि पठाईने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत ५ गते बुधबार
ताजा समाचार