२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

स्कुलबसको ठक्करबाट कैलालीमा एकको मृत्यु



सदरलाइनडटकम,
कैलाली : स्कुलबसको ठक्करबाट कैलालीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा स्कुलबस र मोटरसाइकल ठोक्किँदा गौरीगंगा नगरपालिका वडा नम्बर १ का २४ वर्षीय विजय लामाको मृत्यु भएको हो ।
त्रिपुरा ईङलिस बोर्डिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र से ५ प ६९९४ नम्बरको मोटरसाइकल एकाआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फागुन २४ गते शनिबार
ताजा समाचार