सदरलाइनडटकम,
सुर्खेत : बसको ठक्करबाट सुर्खेतमा चार जना घाईते भएका छन । वीरेन्द्रनगर नगरपालिका ४ हटलाईन सडकको कर्णाली प्रदेश अस्पताल गेट नजिकै भे १ ह ३७२० नम्बरको अटो रिक्सालाई र ना ३ ख ६८२३ नम्बरको बसले ठक्कर दिएको हो ।
अटोमा सवार सबै घाईतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अटोमा सवार बर्दिया बाँसगढी नगरपालिका ५ बस्ने २१ बर्षीय नन्दा गिरी, रचना गिरी, कल्पना गिरी र अटो चालक घाइते भएका छन् ।
नन्दाको अवस्था भने गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए । घाइतेहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
