२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

१२ किलो चरेशसहित आरसी प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  पाँच नंम्बर प्रदेश प्रहरी व्यूरोबाट खटेको प्रहरीको टोलीले बाँकेको कोहलपुर नगरपालिका–१२ चपरगौडीबाट एक जनालाई १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

प्रदेश प्रहरी व्यूरोका प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटेको विशेष टोलीले कोहलपुर–१२ का ३२ वर्षिय आकाश आरसीलाई साढे २ बजे १२ किलो चरेश सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले निज आरसीका साथबाट पहेलो वस्तुले प्याक गरेको अवस्थामा १२ प्याकेट चरेश बरामद गरेको थियो ।

आवश्यक अनुसंन्धानका लागि बरामद चरेश र आरसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको जानकारी प्रहरी निकट स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ फागुन ८ गते बिहीबार
ताजा समाचार