२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

गोठको आगो निभाउँदा महिलाको मृत्यु



सदरलाइनडटकम,
जुम्ला : गोठमा आगो लागेपछि गोरुलाई उद्धार गर्न जाँदा जुम्लाका कनकासुन्दरी गाउँपालिका २ की भेटेनी ऐडीको मृत्यु भएको छ । मालिका बोताकी ऐडीको एकतले गोठमा सोमवार राती आगो लागेको थियो ।
गोठमा आगो लागेपछि ऐडी त्यहाँ रहेका पशुपँक्षीलाई उद्धार गर्न गएकी थिइन् । तर आगोमा परी उनको निधन भएको हो । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ माघ २१ गते मंगलबार
ताजा समाचार