२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोहलपुर काँग्रेस सभापति शर्मामाथि बैठक कक्ष मै दुव्र्यबहार



सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : नेपाली काँग्रेस कोहलपुर सभापति बलराम शर्मामाथि पार्टी कार्यालय मै हातपात हुनुको साथै दुव्र्यबहार भएको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुमबहादुर भण्डारीद्वारा जारी विज्ञप्तीमा पार्टीको नियमिति बैठक बसिरहेको बेलामा दिग्विजय जंङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका समुहले बैठक स्थलमा प्रवेश गरी हुलहुज्जत गर्नुको साथै सभापति शर्मामाथि हातपात गरेको जनाईएको छ ।

‘नियमित बैठक बसीरहेको अवस्थामा एक्कासी हुलहुज्जतको शैलिमा दिग्विजय जंङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका समुह बैठक स्थलमा प्रवेश गरी हुलहुज्जत गर्दै पार्टीको माईनुट च्यात्नु, लुट्नुको साथै सभापति शर्मा र पदाधिकारीमाथि दुब्र्यवहार, हातपात र गालिगलौज गरिएको घटना प्रति भत्र्सना गर्दै दोषि उपर कारबाहीको लागि जोडदार माग गर्दछौ’ विज्ञप्तीमा उल्लेख छ ।

आक्रमण गर्नेहरु राणा, कठायत र विक नेपाली काँग्रेस निकट कै भएको बुझिएको छ ।

प्रकाशित मिति : २०७६ पुस २६ गते शनिबार
ताजा समाचार