२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

हिउँमा पुरिँदा बाजुरामा नौ बाख्रा मरे



सदरलाइनडटकम,
बाजुरा : बाजुरामा हिउँमा पुरिएर ९ बाख्रा मरेका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ मा हिउँमा पुरिएर ९ बाख्रा मरेका हुन् ।
वडा नम्वर ५ का गजबहादुर भण्डारीले लाउली सामुदायिक बनमा चराउन लगेका ९ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । जिल्लामा हिमपात भइरहेकोले जनजीवन कष्टकर भएको उनले बताए ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रबार
ताजा समाचार