२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोशेबालीलाई परियोजनाको रुपमा विकास गर्नमाग



सदरलाइनडटकम,
नेपालगञ्ज : सरकारले कोशेबालीको विकासका लागि परियोजनामा समेटेर लैजानु पर्ने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । कृषि व्यावसाय प्रबद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा आयोजित कोशेबाली सम्बन्धी समस्या समाधान तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।
कृषिका क्षेत्रमा सञ्चालनमा रहेका परियोजनाले धान, गहुँ र मकैलाई मात्र समावेश गरेर निर्वाहमुखि मात्र बनाउन खोजे पनि कोशेवालीलाई परियोजनामा जोड्न सके किसान र राज्य दुबैलाई फाईदा हुने कोशेबाली अनुसंधान केन्द्र खजुराका बरिष्ठ अनुसंन्धान बैज्ञानिक राजेन्द्र दराईले बताए ।
उनले निर्यात बालिको रुपमा मसुरो, उद्योग बालिको रुपमा भटमासलाई प्राथामिकतामा राखेर खेती गर्न सकिने कुरामा जोड दिदै भने–‘दाङ्ग, बाँके, बर्दिया, कैलाली कञ्चनपुर मसुरो खेतीको लागि अत्यन्तै उत्पादनशिल माटो छ दलहन खेतीको लागि यी जिल्ला स्वर्गैहुन ।’
उनले किसानले कोशेबालीलाई टुहुरे बालिको रुपमा खेती गर्ने गरेको जानकारी दिदै भने–‘ किसानले कोसेबालीलाई सिधै छर्ने, मल पानी प्रयोग नगरी एकैपटक बाली भित्र्याउने गर्दा व्यावसायिक खेती हुन सकेको छैन । मल पानी र गोडमेल गर्न सके मनग्य आम्दानीको स्रोत बन्न सक्ने छ ।’
सो अवसरमा प्रदेश ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका कृषि विज्ञ, किसान, विउ उत्पादनकर्ता, अनुसंधानकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा कोशेबालिको क्षेत्रमा गरिएका विभिन्न खालका अनुसन्धानको बारेमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २०७६ मंसिर १६ गते सोमबार
ताजा समाचार