सदरलाइनडटकम,
बर्दिया : प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बर्दियामा चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको हो । गुलरिया नगरपाकिला–५ का २७ बर्षीय रोजन पुरी, मधुवन–२ का दिनेश नेपाली, मधुवन–६ का २२ वर्षीय सन्तोष थापा र १९ वर्षीय खगेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रोजन पुरी र दिनेश नेपालीको साथबाट ५ पुडिया ब्राउन सुगर बरामद गरिएको छ भने थापा र शाहीको साथबाट १० पुडिया ब्राउन सुगर बरामद गरिएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।


