सदरलाइनडटकम,
खजुरा (बाँके) : बर्दियाको गुलरियाबाट नेपालगञ्ज आउदै गरेको यात्रुबाहक बस बाँकेको खजुरागाँउपालिका खजुरा बजार नजिक किरणनालामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको सो बस शुक्रबार साँझ करिव सवा ४ बजे किरणनालामा खसेर दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै प्रहरी र स्थानीयले उद्दार गरी उपचारमा पठाएको थिए । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भई रहेको बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । उनले एकको अवस्था गम्भीर भएको बताए ।


