सदरलाइनडटकम,
कपिलवस्तु : छोराको कुटाईबाट कपिलवस्तुमा आमाको मृत्यु भएको छ । कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका छन् । सुरेन्द्रले मादकपदार्थ सेवन गरी शुक्रवार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ ।
सुरेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गर्दै आएको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताए ।


