२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

एक लाखसहित दाङमा सात जुवाडे पक्राउ



सदरलाइनडटकम,
दाङ : एक लाख १३ हजार ५ सय नगदसहित दाङमा सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले घोराही उमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्क नजिकै एक घरमा तास खेलिरहेको भन्ने गोप्य सुचनाका अधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई शुक्रवार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज पौडेल, घोराही १६ का ३० बर्षीय शिव केसी, घोराही १२ का २० बर्षीय रविन थापा, घोराही १५ निवासी २७ बर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ बर्षीय भक्त केसी रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाको साथबाट ७ गड्डी तास बरामद भएको छ । जसमका मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ तास रहेको छ । पक्राउ परेकालाई जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाउने तयारी भएको प्रवक्ता शाहले बताए ।

प्रकाशित मिति : २०७६ कात्तिक २ गते शनिबार
ताजा समाचार