२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ठगीमुद्दामा फरार सल्मानी प्रहरी नियन्त्रणमा



सदरलाइनडटकम,
कोहलपुर (बाँके) :  ईलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दामा फरार अभियुक्तलाई नियन्त्रणमा लिएएको छ । प्रहरीले लेनदेन सम्बन्धी ठगी मुद्दामा फरार अभियुक्त बैजनाथ–५ का साहिद हुसेन सल्मानीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सल्लमानीलाई बैजनाथ –५ कै सन्तोष कुमार अहिरको जाहेरीले बाँके जिल्ला अदालतबाट २०७६ जेठ ९ गते लेनदेनको २ लाख २५ हजारको ठगी मुद्दामा फैसला भई फरार रहेकोमा शनिबार साँझ साढे ५ बजे झण्डहवा चोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कात्तिक १० गते आइतबार
ताजा समाचार