२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

रिक्सा र बाईक ठोक्किँदा दुई जना घाईते



सदरलाइनडटकम,
नेपालगञ्ज : ईरिक्सा र मोटरसाइक एकापसमा ठोक्किँदा नेपालगञ्जमा दुई जना घाईते भएका छन् । पुष्पलाल चोकदेखि कारकादौँ तर्फ जाँदै गरेका मोटरसाइकल र ईरिक्सा बिहीवार दिउँसो एकापसमा ठोक्किँदा दुबै सवारी साधनका चालक सामान्य घाईते भएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार भे ६ प १४९७ नम्बरको मोटरसाइकले भे १ स ५५५ नम्बरको ईरिक्सालाई पछाडीबाट ठक्कर दिँदा दुवै साधनमा क्षति पुग्नुका साथै दुईवटै सवारी चालक घाइते भएका हुन् । घाइतेको नजिकैको क्लिनिकमा उपचार गरिएको ट्राफिक प्राहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भदौ २६ गते बिहीबार
ताजा समाचार