सदरलाइनडटकम,
दैलेख : दैलेखको आठबिस नगरपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका ४ कुन्टाका ५० बर्षीया विष्णु माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले बताए ।
प्रहरीले शनिवार बिहान कर्णाली राजमार्गको डाडाआँपखोला नजिकै माझिलाई मृत अवस्थामा फेला पारेको बताएको छ । प्रहरीका अनुसार माझीको शव सडकभन्दा करीब ४० मिटर तल खसेको अवस्थामा शनिवार फेला परेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख ठाकुर पोखरेलले बताए ।


