२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अज्ञात समूहद्वारा जीपमा आगजनी



सदरलाइनडटकम,
धनगढी : कैलालीमा अज्ञात समूहले जिपमा आगजनी गरेका छन् । गोदावरी नगरपालिका ७ लालपुरका स्थानीय तिलकबहादुर शाहीका जिपमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घरअगाडि पार्किङ गरी राखेको बा १५ च ४०९९ नम्बरको कारमा गए राति आगजनी भएको हो ।
बिहीवार राति करिब ११ बजे जिपमा आगजनी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । आगजनीबाट जिपको पछाडिको पूरै भाग जलेर क्षति भएको छ । कसले र किन जिपमा आगजनी गरेको हो भन्ने बारेमा खोजी तलासी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रबार
ताजा समाचार