२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

पैंतिस सय घुससहित असई पक्राउ



सदरलाइनडटकम,
बुटवल : घुससहित रुपन्देहीमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । रुपन्देहीको ओमसतीयास्थित चनौदी बगाहा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापा घुससहित पक्राउ परेका हुन् ।
स्थानीय व्यापारीसँग घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएको हो । रोहीणी गाउपालिका १ स्थित एक रेष्टुरेन्टबाट व्यापारीसँग ३५ सय रुपयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
थापालाई घुस रकमसहित आवश्यक अनुसन्धानका लागि टंगाल स्थित आयोगको केन्द्रीय कार्यालय पठाइएको आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमबार
ताजा समाचार