२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

करेन्ट लागेर बालकको मृत्यु



सदरलाइनडटकम,
रुकुम पश्चिम : रुकुम पश्चिममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका १३, छिबाङमा करेन्ट लागेर ११ वर्षीय केशव परियारको मृत्यु भएको हो ।
उनको घर जिल्लाको सानीभेरी गाउँपालिका ११ मा भएपनि छिबाङमा फुपूको घर आएका परियार घरनजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ जेठ १३ गते सोमबार
ताजा समाचार