२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

उच्च अदालतका नासु तीन लाखसहित अख्तियारको फन्दामा



सदरलाइनडटकम,
नेपालगञ्ज  : अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले शनिबार साँझ एकजना नायब सुब्बालाई सेवाग्राहीसंग घुस लिदै गरेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले उच्च अदालत तुल्सीपुरको नेपालगन्ज ईजालसमा टाईपिस्ट नायव सुब्बा पदमा कार्यरथ कुष्णकुमार पाठकलाई ३ लाख घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेका अनुसार टाईपिष्ट नायव सुब्बा पाठकले अदालतमा विचाराधिन मुद्दामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसंग घुस लेनदेन गरि रहेको अवस्थामा नेपालगन्जको चार बाहीनीचोकमा रहेको श्रीलयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०७६ वैशाख २२ गते आइतबार
ताजा समाचार