२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

आजदेखि खुल्ला दुध बेच्न नपाईने निर्देशिका लागु



सदरलाइनडटकम,
नेपालगञ्ज : संघिय सरकारद्वारा जारी दुग्ध तथा दुग्ध जन्य पदार्थको स्वच्छता एवम गुणस्तर सम्बन्धित निर्देशिका–२०७५ आज (सोमबार) देखि लागू भएको छ ।

सो निर्देशिका लागू भएपछि बजारमा खुल्ला दुध तथा दुग्धजन्य पदार्थ खुल्ला रुपले बिक्रिबिरतण गर्नलाई निषेध गरेको छ ।

जिल्ला दुग्ध व्यावसायि संघ बाँकेले एक विज्ञप्ती जारी गरी सो निर्देशिकाको स्वागत गर्दै कडा रुपमा कार्यान्वयनको लागि सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

संघका बाँके अध्यक्ष बदरुद्दिन अन्सारीले जारी गरेको सो विज्ञप्तीमा आम उपभोक्तालाई स्वच्छ तथा सफा दुध उपलब्ध गराउने आफुहरुको प्रतिबद्धता रहेको स्पष्ट पार्दै बजारमा प्लाष्टिकको जार, क्यान, तथा प्रतिबन्धित भाँडामा ओसार पसार र घरघरमा पुगेर खुला रुपमा विक्रि बितरण गर्ने कार्यलाई निरुत्साहीत बनाउन सम्बन्धित निकायले ठोस कदम चाल्न आग्रह गरिएको छ ।

निर्देशिका लागु भएपछि बजारमा खुल्लारुपले दुध तथा दुग्ध जन्य पदार्थ बिक्रि बितरण गर्न पाईने छैन् ।

पास्चराईजिङ्ग, प्याकेजिङ्ग गरी उत्पादनमिति, ब्याच नं., प्रयोग गर्ने मिति र मुल्य उल्लेख भएको हुनु पर्ने छ ।

प्रकाशित मिति : २०७५ चैत ४ गते सोमबार
ताजा समाचार