२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

अफीमसहित नेपाली महिला भारतमा गिरफ्तार



सदरलाइन / नबी अहमद,
रूपईडीहा (भारत) : बाँकेको कोहलपुरकी एक महिलालाई सिमावर्ती भारतीय नाका रुपैडिहमा अफिमसहित पक्राउ परेकी छन् ।

भारतीय सिमा सुरक्षा बल एसएसबी र भारतीय प्रहरीको संयुक्त चेकिंग अभियानमा नेपालबाट भारत जाँदै गरेको अवस्थामा २ किलो ८ सय ग्राम अफिमसहित बाँके कोहलपुरकी जोगमाया भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेकी हुन ।

भारतीय एसएसबी ४२ वीं वाहिनीका सहायक उप निरीक्षक राजेन्द्र कुमारले जोगमायाको साथबाट २ किलो ८ सयग्राम अफिम चेकिङ्गको बेलामा बरामद भएको बताए ।

सो संयुक्त अभियानमा थानाको एसआई अजीतकुमार तिवारी, एसएसबीका एसआई रजिन्दर कुमार, कांस्टेवल सौरभ कुमार, थाने कांस्टेवल परशुराम, महिला जवान संतोष र मेनकाको टोलीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधबार
ताजा समाचार