२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा ठूलो परिमाणको अवैध काठ बरामद



सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँके प्रहरीले शनिवार बेलुका सालको अवैध काठ बरामद गरेको छ । सीमावर्ती भारतीय जंगलबाट अवैधरुपमा फडानी गरी नेपाल भित्र्याइएको ५ थान सालको काठ बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाबाट प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नेतृत्वमा गएको गस्ती टोलीले करीब ४० हजार बजार मूल्य पर्ने उक्त काठ नेपाल भारत सीमा नजिकै अहिरापुरबाट बरामद गरेको प्रहरीले बताएको छ ।
प्रहरी टोली देखेपछि तस्करहरुले उक्त काठ फालेर फरार भएका थिए । बरामद गरिएको करीब १८ क्युफिट काठ आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय बाँकेमा आइतवार बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७५ पुस १ गते आइतबार
ताजा समाचार