२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

निर्मलाको हत्यारा पत्ता लगाइदिन राष्ट्रसंघलाई आग्रह



सदरलाइनडटकम,
काठमाण्डौ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ । ५ महिना बित्न लाग्दासमेत सरकारले निर्मलाको हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर सोमवार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।
यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मलाको न्यायका निम्ति आवाज उठाई दिन आव्हान गर्दैै हस्ताक्षर संकलन गरेका थिए । निर्मलालाई न्याय दिन अन्तर्राष्ट्रीय समुदायलाई पहल गरिदिन आग्रह गर्दै संयुक्त राष्ट्र संघमा हस्ताक्षर बुझाउनु परेको विद्यार्थीहरुले बताएका छन् । ‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आव्हान गरेका छन् ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी बालिका पन्तको हत्यारा पत्ता लगाउने काममा सरकार सफल नभएपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै एक सातायता संकलन गरिएको हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् ।

प्रकाशित मिति : २०७५ पुस ९ गते सोमबार
ताजा समाचार