२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

सम्पत्ती करबारे खजुरामा अभिमुखीकरण



सदरलाइनडटकम,
खजुरा (बाँके) : स्थानीयबासीलाई सम्पत्ती करबारे जानकारी दिने उद्देश्यले खजुरा गाउँपालिकाले अभिमुखीकरण शुरु गरेको छ । वडाध्यक्षको नेतृत्वमा बिज्ञसहितको टोलीले अभिमुखीकरण शुरु गरेको हो ।
गाउँपालिकाको ८ वटै वडाको टोल–टोलमा भेला गरी स्थानीयबासीलाई सम्पत्ती करबारे सुझाव लिने र करबारे जानकारी दिइएको खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले बताए ।
गाउँमै पुगेर विज्ञसहितको टोलीले जानकारी गराएपछि कतपय नागरिकमा रहेको करप्रतिको भ्रम पनि हटेको जनप्रतिनिधीहरुले बताएका छन् । खजुरा गाउँपालिकाले कर शिक्षासँगै स्थानीय सरकारले सञ्चालन गरिरहेको सेवा सुविधाबारे समेत स्थानीयलाई जानकारी दिईरहेको वडाध्यक्ष सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कात्तिक १५ गते बिहीबार
ताजा समाचार