सदरलाइनडटकम
नेपालगन्ज : आईतबारबाट निरन्तर परेको पानीका कारण नेपालगन्ज जलमग्न भएको छ । नेपालगन्जका मुख्य ठाउँहरु डुबेका छन् ।
न्यूरोड, बसपार्क रोड, बेलासपुर, घरबारीटोल लगायको ठाउँमा हिडडुल गर्नै मुस्किल हुने गरी पानी भरिएको थियो । नाली सफला नगरिएको र बिभिन्न ठाउँमा निर्माणको काम चलिरहेकाले पानीको बहाव रोकिएपछि डुवान भएको हो ।
डुबान भएपछि सर्बसाधारणहरुले नेपालगन्ज उपमहानगरपालिका र सरकारको तिब्र आलोचना गरेका छन् । उनीहरुले पानीको भरपर्दो निकास नगरेका कारण यस्तो समस्या उत्पन्न भएको बताएका छन् । कतिले व्यांग्य गर्दै नेपालगन्जमा पानी जहाज र डुङ्गा चलाउन पनि भनेका छन् । अहिले पानीको बहाब कम भइरहेको छ ।


