२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नरैनापुर गाँउपालिकाको शिक्षा प्रतिकार्य योजना तयार



सदरलाइनडटकम
नेपालगन्ज  : बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षा प्रतिकार्य योजना–२०७५ तयार पारेको छ । सेभ द चिल्डेनको सहकार्यमा बाँके युनेस्को क्लबले संचालन गरेको दुईदिने कार्यशालापछि सो योजना तयार पारिएको हो ।
आपतकालिन अवस्थामा बालबालिकाको सिकाईको अधिकारलाई छिटो समयमा सुनिश्चित गर्ने, श्रोत साधनको प्रभावकारी परिचालन, विद्यालय नियमित सञ्चालन गरि सिकाईको गुणस्तरलाई कायम राख्ने वातावरण सिर्जना गर्ने उद्देश्यले शिक्षा प्रतिकार्य योजना तयार गरिएको हो ।
सो कार्यशालामा गाउँपालिका अन्र्तगत विभिन्न वडाका वडाध्यक्ष, सदस्य, विद्यालयका प्रधानाध्यापक, लगायतको सहभागिता रहेको बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत अनुप बर्माले जानकारी दिए ।
सो परियोजना संचालन भएको डुडुवा र राप्तीसोनारी गाउँपालिकाले पनि शिक्षा प्रतिकार्य योजनाको कार्यशाला सम्पन्न गरि योजना तयार गरि रहेको छ कार्यक्रम अधिकृत बर्माले बताए । अहिले वर्षाको समयमा बाढी र डुबानको विपत आउने सम्भावना बढेकाले यो योजनाले सहयोग गर्ने युनेस्कोले जनाएको छ ।  

प्रकाशित मिति : २०७५ साउन ८ गते मंगलबार
ताजा समाचार