सदरलाइनडटकम,
नेपालगन्ज : लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि २ क्षेत्र नं. ६ ले डष्टिक गभर्नर मधुसूदन शर्मासहित विभिन्न क्षेत्रमा योगदान पुराएका चारजनालाई सम्मान गरेको छ ।
नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी डिष्टिक गर्भनर शर्माले आफ्नो कार्यकालमा लायनबादको विकासमा ७६ वटा क्लव खोल्न सफल भएको भन्दै सम्मान गरिएको हो ।
यसैगरी शिक्षाको क्षेत्रमा योदान दिएका कोहलपुरका हरीप्रसाद रावत, कृषिका क्षेत्रमा योगदान दिएका बर्दियाका चेतकान्त उपाध्याय र ब्रम्हकुमारी राजयोग ईश्वरीय विश्व विद्यालय नेपालगन्जकी ब्रम्हकुमारी दुर्गा दिदिलाई सम्मान गरिएको हो ।
लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ बि २ का पास्ट डिष्टिक गभर्नर सेम शाक्य, डिष्टिक कोषाध्यक्ष चिन्तामणी धिताल, रिजन चियर पर्शन टिपी न्यौपाने लगायतले क्लबमा आवद्ध भएका नयाँ लायन्स क्लवका लायनहरुलाई स्वागत गरेका थिए ।



