महोत्सवका स्टलमा चिठ्ठा खेलाईदै प्रसाशन अनविज्ञ

१३ माघ २०७४, शनिबार २०:२०
 

सदरलाइनडटकम
१३ माघ, नेपालगन्ज  : स्थानीय व्यावसायीले नेपालगन्जमा जारी प्रदर्शनीमा स्टल नपाएको गुनासो गरिरहेको बेलामा प्रदर्शनी स्थलको केही स्टलमा बम्पर उपहार र चिठ्ठाको नाममा जुवा सञ्चालन गर्दै आएको पाईएको छ ।
जयमातादी बम्पर उपाहारको नाममा राखिएको स्टलमा २० रुपैयाको टिकट काटेर नंवर लिन लगाउने र लिएको नंबर खोल्दा त्यसमा केही नरपरे २ वटा चकलेट दिएर पठाउने गरेको पाईएको हो । बम्पर उपाहार खेलाईदा प्रशाशन भने अनविज्ञ भएको पाईएको छ ।
तीनदिन अघिदेखि सञ्चालनमा आएको सो स्टलमा पुरस्कार पाउने लोभमा ठूलो भिड लाग्ने गरेको भएपनि आजसम्म चाउचाउ र भाँडा धुने साबुन बाहे अरु केही नपरेको चिठ्ठा खेलेका एक व्यक्तिले गुनासो गरे ।
सरकारका निकायले समेत प्रायोजन गरको सो प्रदर्शनीमा बम्पर उपाहारको नाममा जुवा खेलाउने गरेको भन्दै आलोचना आउन सुरु भएको सोको बारेमा समिक्षा भएको र सो स्टलको बारेमा आयोजकले समाधान खोज्ने प्रदर्शनी प्रचार समितिका संयोजक बसन्त लामिछानेले बताए ।


 

Next Post

महोत्सवको व्यवस्थापन अस्तव्यस्त पूर्व अध्यक्ष तथा आगन्तुक पाहुनाको उपेक्षा

१३ माघ २०७४, शनिबार २०:२०
सदरलाइनडटकम  १३ माघ, नेपालगन्ज :  नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा सडक विभाग परिसरमा आयोजित प्रादेशिक महोत्सव–२०७४ मा संघका पूर्व नेतृत्वहरुको उपेक्षा भएको छ । व्यवस्थापकिय त्रुटीका कारण संघमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरु टिकट लिएर मञ्चको बाहिरै उभिएका थिए । व्यवस्थापकिय कमजोरीको कारण स्टेजको बाहिरी घेरामा रहेका प्राईभेट सेक्युरिटी एजेन्सीका गार्डहरु […]